सुँगुरले हात्तिको बच्चा जन्माएपछि !

Posted on: May 02, 2016 | views: 652

एजेन्सी ।
हुनलाई तस्विरमा देखिएको बच्चा सुंगुरको हो । सुँगरले जन्माएपनि हेर्दा भने यो ठ्याक्कै हात्ती जस्तो छ ।

तर हेर्दा हात्ती जस्तो देखिने यो सुंगुरको बच्चाको व्यहोरा भने सुँगुरकै छ । यो अनौठो सुँगुरको बच्चा जन्मिएको हो कम्बोडियामा ।

सुँगुरले जन्माएको उक्त बच्चाको हात्तीको जस्तै सुँड तथा हात्तिकै जस्ता कान छन् । समग्रमा यो जिव हात्ती र सुँगरको ठिमाहा जस्तै देखिन्छ ।

कम्बोडियाको पश्चिमी प्रामाए क्षेत्रमा जन्मिएको यो बच्चा गुलाबी रङको छ । यो जिव जन्मिँदैदेखि आँखा खोल्न सकेको छैन । यसको सरीरका अन्य अंग पनि निकै विकृत छन् र अपांग जस्तै छ ।

तरपनि यो अझै बाँचिरहेको छ । सन् २०१४ मा चीनमा जन्मिएको यस्तै सुँगुर भने केही दिनमै मरेको थियो । उक्त सुँगुरको मुख नै थिएन ।

अनौठो सुँगुरको बच्चा जन्मिएपछि यसलाई हेर्न वरपरका मानिसको भिँड लागेको बताइएको छ ।