खरायोले जस्तो धेरै बच्चा जन्माउन सरकारको अपिल

Posted on: November 11, 2017 | views: 582

एजेन्सी ।

जन्मदर लगातार घटेपछि पोल्याण्ड सरकारले आफ्ना नागरिकलाई खरायोले जस्तै धेरै बच्चा जन्माउन नागरिकलाई आग्रह गरेको छ ।


युरोपेली मुलुक पोल्याण्डले आफ्ना जनतालाई खरायोको बानी सिक्न समेत भनेको छ ।


युरोपमा सबैभन्दा कम जन्मदर भएको पोल्याण्डमा जनताले बच्चा कम जन्माउँदा सरकारलाई चिन्ता परेको छ ।


हरेक वर्ष बुढो भैरहेको र घटिरहेको जनसंख्याका कारण चिन्तित बनेको सरकार आफ्ना जनतालई धेरै भन्दा धेरै बच्चा जन्माउन प्रेरित गर्दै अनेक उपाय अपनाइरहेको छ ।


सरकारले जनतालाई स्वस्थ भोजन गर्न, व्यायाम गर्न, तनाव तथा अल्कोहलबाट टाढा रहन भन्दै खरायोले जस्तै प्रजनन गरी प्रसस्त बच्चा जन्माउन जनतालाई आग्रह गरिरहेको छ ।