चक्कु खरिद गर्दा प्रेम बसेपछि

Posted on: August 26, 2017 | views: 778

प्रेममा न उमेर हेरिन्छ, न त जातपात । इण्डोनेसियाका ६२ वर्षका एक पुरुषले यसलाई प्रमाणित गरिदिएका छन् । ६२ वर्षका सुलेमान दायंग नगम्पाले आफूभन्दा ४४ वर्ष कान्छी युवतीसँग हालै बिहे गरे, त्यो पनि लभ पारेर ।

१८ वर्षकी डायना डायंग नगनियांग र ६२ वर्षका सुलेमानको लभस्टोरी अहिले चर्चामा छ । चर्चाको प्रमुख कारण उनीहरुबीचको उमेरको अन्तर र प्रेमको सुरुवात नै हो ।

उक वेबसाइटका अनुसार सुलेमान ५ सन्तानका पिता हुन् र उनका ९ जना नाति-नातिना पनि छन् । केही वर्ष पहिले उनकी पत्नीको मृत्यु भएको थियो । करीब एक वर्ष पहिले उनको चिनजान डायनासँग भयो र दुबैजना एक अर्काको प्रेममा परे । अन्ततः गत जुलाइ १६ का दिन आफ्ना छोराछोरी तथा नातिनातिनीहरुको उपस्थितिमै सुलेमानले डायनासँग बिहे गरे ।

समाचार अनुसार, डायनाका पिताले धातुका भाँडाकुँडा तथा औजार बनाउने काम गर्दछन् । आफ्नी पत्नीको मृत्युपछि सुलेमान प्रायः चक्कु तथा धातुका अन्य भाँडाकुँडा खरीद गर्न डायनको घरमा जाने गर्दथे । डायनाले ग्राहकको रुपमा आएका सुलेमानलाई सधैं कफी बनाएर खुवाउँथिन् ।