फेला पर्‍यो ८ किलोको च्याउ ..

Posted on: August 10, 2017 | views: 522

एउटा नाथे च्याउको तौल कति होला र ? तर चीनमा भने पूरै ८ किलो तौलको च्याउ फेला परेको छ ।

चीनको युनान प्रान्तमा उक्त भिमकाय च्याउ भेटिएको हो । यो च्याउको वजन ८ किलो छ भने यसको छाताको परिधि १.८ मिटर रहेको छ ।

च्याउको छाताका धेरै पत्रहरुले बनेको छ । पुअर सन रिभर नेसनल पार्कभित्र फेला परेको यो च्याउ खान मिल्ने च्याउ चाहिँ नभएको बताइएको छ ।

उक्त च्याउ पाइएको क्षेत्र उष्ण र उपोष्ण जलवायु क्षेत्रको बीचमा पर्छ र सो क्षेत्रमा उक्त च्याउ जस्तै अन्य विभिन्न खाले अनौठो वनस्पतीहरु समेत रहेको बताइएको छ ।

एजेन्सी