ठुलो वृक्षमुनी अनौठो सर्प देखिएपछि नाग देवता उत्पन्न भएको भन्दै पुजा गर्नेको भीड,

Posted on: August 07, 2017 | views: 793

ठुलो वृक्षमुनी अनौठो सर्प देखिएपछि नाग देवता उत्पन्न भएको भन्दै पुजा गर्नेको भीड,

कञ्चनपुरको बेलौरी नगरपालिका गोकुलपुरमा एउटा ठुलो वृक्ष मुनि अनौठो सर्प बस्न थालेपछि स्थानीयले पुजा सुरु गरेका छन् । करिव १ महिनादेखि दैनिक एउटा अनौठो सर्प बस्न थालेपछि सर्प हेर्ने र पुजा गर्नेको भीड लाग्ने गरेको छ । सर्पले मानिस जाँदा अनौठो प्रतिक्रिया देखाउने गरेको स्थानीयहरु बताउछन । सर्पको सुरक्षाका निम्ति सो वृक्षलाई वरिपरिबाट बार लगाईएको छ ।

सर्पले मदिरा सेवन गरि आउने व्यक्तिलाई टाढा बाट नै लखेट्ने गरेको एक पुजारी लक्ष्मण रानाले बताए । उनका अनुसार सर्पले स्वच्छमनले पुजा गर्ने हरुलाई नजिक गएर दर्शन गर्दा समेत केहि नगर्ने बताए ।

टाउकोमा टीका र शरिरमा पहेलो धर्का भएको कालो रङको सर्प दैनिक देखिने गरेपछि टाढा-टाढाबाट नाग देवताको दर्शन गर्ने भन्दै श्रद्धालुभक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । नियमित सर्प देखिन थालेपछि स्थानीयले दैनिक धुप बाल्ने, दुध खुवाउने र पैसा दान गर्ने गरेका छन्। पुनर्वास बेलौरी कृषि सडक भएर आवतजावत गर्ने र चौराहमा आराम गर्ने यात्रीले अनौठो सर्प हेर्ने र पूजा गर्ने गरेका छन ।

स्थानीय गणेश थारुले दैनिक सर्पले सोही स्थान बाहेक भागेर अन्त नजाने गरेको बताए । अनौठो सर्प र अनौठो बानीले सर्पको पुजा गर्ने मानिसहरु आउने गरेको उनको भनाइ छ ।