हेलिकोप्टरबाट सेक्स सूटको विषयले नयाँ मोड लियो ..

Posted on: August 05, 2017 | views: 954

पुलिस हेलिकोप्टरको प्रयोग गरेर नग्न भएर घाममा बसिरहेका र सेक्स गरिरका मानिसहरुको भिडिउो बनाएको मुद्दामा चारजनालाई आरोपमुक्त गरिएको छ ।


ब्रिटेनको साउथ योर्कशायमा पुलिस अफिसर म्याथ्यू लूकर ९४२०, ली वाल्स ९४७० र पायलट म्याथ्यू लूजमोर ९४५० र म्याल्कम रिभ्ज ९६४० समेत पाँच जनामाथि सरकारी मशिनरीको दुरुपयोगको आरोप लागेको थियो । यी चारले आफूमाथि लागेको आरोपलाई गलत बताएका थिए ।


शिफिल्ड क्राउन कोर्टले तीन हप्तासम्म चलेको सुनुवाईपछि यी पुलिस हेलिकोप्टर क्रुका चार सदस्यलाई दोषमुक्त गरिएको छ । यस विषयमा पाँचौं आरोपी एड्रिअन पोगमोरले सरकारी अफिसको दुरुपयोग गरेको स्विकारेका थिए ।


सुनुवाईको क्रममा अदालतले थुप्रै मानिसहरुको पक्ष सुने । यस्तोमा एक जोडीलाई जुलाई सन् २००८ मा त्यतिबेला क्यामरामा कैद गरियो जब उनीहरु नग्न बसिरहेका थिए । एयरक्राफ्टले सन् २००७ मा एक बगैंचाको पनि फिल्म बनाएको थियो जहाँ एक महिला आफ्नी छोरीसँग घाम तापिरहेकी थिइन् ।


फुटेजमा एक जोडी जुलाई सन् २००८ मा आफ्नो आँगनमा सेक्स गरिरहेको दृश्य कैद भएको छ । एकपटक त नग्न महिलाले एयरक्राफ्टतर्फ हात हल्लाएर इशारा पनि गरेकी थिइन् । 

एजेन्सी