भरतपुर–१९ मा २८८७ मत खस्यो

Posted on: August 04, 2017 | views: 644

चितवन ।  चितवनको भरतपुर महानगरपालिका–१९ मा भएको पुनः मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो । 

भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ । यसअघि एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको ४०९८० र माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेणु दाहालेको ४०१९६ मत छ । देवी ज्ञवाली ७८४ मतले अघि हुनुहुन्छ । 

भोट माग्ने काग्रेस सभापती तथा प्रधानमन्त्री सेर बहादुर देउवा सो क्षेत्रमा पुगेको थिए ।