बाग्लुङ : पहिरोले एकै परिवारका चारसहित ५ जनाको मृत्यु

Posted on: August 04, 2017 | views: 258

बाग्लुङ । बाग्लुङमा पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक बृद्धा वेपत्ता छिन् । अविरल वर्षापछि निशीखोला(२ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन् ।


निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर बृद्धा वेपत्ता भएकी छन् । पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजाली पुरिएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले अनलाइनखबरलाई जानकारी दिए । यस्तै ढोरपाटन नगरपालिका(५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर करिव ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ ।

परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् । पहिरोले आधा दर्जन घरमा क्षति पुर्‍याएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।