आजबाट सार्वजनिक सवारी साधनमा युवती र महिलालाई छोए सिधै जेल…

Posted on: August 02, 2017 | views: 775

काठमाडौं । सार्वजनिक सवारी साधनमा पसेपछि सहजै बस्ने त परकै कुरा भयो राम्ररी सास फेर्न पनि कठिन हुन्छ । तर, प्रहरीले भने सार्वजनिक सवारी साधनभित्र हुने यौनजन्य दुर्व्यवहारलाई रोक्न प्रहरीले अब स्टिङ अप्रेसन गर्ने भएको छ। उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीको टोली अब सादा पोसाकमा खटिने प्रहरीले बताएको छ।

पछिल्ला दिनमा सार्वजनिक सवारी साधनभित्र यौनजन्य गतिविधि बढेको भन्दै उजुरी परेपछि प्रहरीले कारबाहीका निम्ति नयाँ प्रविधि प्रयोग गर्ने निर्णय गरेको हो । महिलामाथि दुव्र्यवहार भएको भेटिए प्रहरी टोलीले दोषीलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेछ। प्रहरीले ‘सेफ्टी पिन अप्रेसन’ नाम दिएको यो अभियान आजबाट सुरु भएको छ।

प्रहरीले सबै सार्वजनिक सवारी साधनमा प्रहरीको टोली राख्न सम्भव नभएकाले अति ब्यस्त हुने बसपार्क लगायत क्षेत्रमा प्रहरीको टोली खटाउने भएको छ । टोलीले दुर्व्यवहार भएको पाईए दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही महानगरिय प्रहरी आयुक्त डीआईजी बम बहादुर भन्डारीले जानकारी दिए।