धनुकटामा निशुल्क कानूनी सहायता सेवामा सेवा लिन आउने सेवाग्राहीको संख्या वढ्दो

Posted on: August 01, 2017 | views: 323

धनकुटा ।

निशुल्क कानूनी सहायता सेवा धनकुटा जिल्लामा सञ्चालन भएपछि सेवा लिन आउने सेवाग्राहीको संख्या वढदै गएको छ । निशुल्क कानुनी सहायता सेवा जिल्लामा शुरु भएसँगै जिल्ला कानूनी सहायता समिति धनकुटामा विभिन्न प्रकृतिका मुद्धा दर्ता हुने क्रम वढदो रहेको छ । 

गत आर्थिक वर्ष २०७३/७४ मा ५४ वटा मुद्धा दर्ता भएको जिल्ला कानूनी सहायता समिति धनकुटाका कर्मचारी एवं अधिवक्ता शारदासन्तोषी राईले वताउनुभयो । राईका अनुसार शुरुका वर्षमा निशुल्क कानूनी सहायता लिन आउने सेवाग्राहीको संख्या न्युन रहेको भएपनि पछिल्लो समय वढदो रहेको पाईएको छ । अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा ४१ वटा मुद्धा दर्ता भएका थिए । 

यसैगरि आर्थिक वर्ष ७०/७१ मा ३२ वटा,७१/७२ मा ३७ वटा मुद्धा दर्ता भएका थिए । निशुल्क कानूनी सहायता सेवामा आउने मुद्धामा अंशचलन,सम्बन्ध विच्छेद,मानाचामल,लेनदेन,बहुविवाह,घरेलु हिंसा,अंश छुटाई पाउँ लगायतका वढि मात्रामा रहेका अधिवक्ता राईले वताउनुभयो  । 

आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निशुल्क रुपमा कानूनी सहायता उपल्बध गराउने उद्देश्यले जिल्लामा निशुल्क कानूनी सहायता कार्यक्रम अन्र्तगत २०६१ साल असोज महिना देखि यो सेवा सञ्चालन गरिएको हो । 

बार्षिक आय चालिस हजार भन्दा कम भएको व्यक्ति वा लैगिङ्ग हिंसा वा सशस्त्र द्धन्द्धवाट पीडित व्यक्तिलाई आवश्यक पर्ने सवै खालका कानूनी सेवा निशुल्क कानूनी सहायता सेवावाट दिने गरिएको छ ।