लिए जानकारी जोशीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री देउवाले

Posted on: July 31, 2017 | views: 301

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे सोमबार अस्पताल पुगेर जानकारी लिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । 

एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उनका स्वकीयसचिव पुस्करराज पाण्डेले जानकारी दिए ।