बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते, २ जनाको अबस्था गम्भीर

Posted on: July 29, 2017 | views: 242

जनकपुर  । महोत्तरीको भ्रमरपुराबाट जनकपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइते मध्येमा दुई जनाको अवस्था चिन्ताजनक छ ।  

शनिबार दिउँसो महोत्तरीको भ्रमरपुराबाट यात्रु लिएर जनकपुर आउँदै गरेको ना २ ख २५० नम्बरको बस रतौलीको पुल नजिक सडक छेउमा पल्टेको हो । बसमा रहेका २५ जना घाइते भएको र उनीहरुको उपचार जनकपुरको जानकी हेल्थकेयरमा भइरहेको छ ।  

बसमा सबार यात्रु जनकपुर उपमहानगरपालिका १३ पिडारी बस्ने किशोरी राउका अनुसार बस तिव्रगतिमा भएको कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटना हुनुपूर्व नै चालक हामफालेर फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।