छाउ गोठमा सुतेकी महिलालाई बलत्कारको प्रयास

Posted on: July 23, 2017 | views: 444

मोहन पनेरू , डोटी ।  छाउ गोठमा सुतिरहेकी डोटीकी एक महिलालाई बलत्कारको प्रयास गरिएको छ । डोटीमा महिनावारी हुदा घर नजिकैको  छाउगोठमा सुतिरहेकी २२ बर्षिय एक युबतीलाई शुक्रबार राति ११ बजे नातामा ससुरा पर्ने ४८ बर्षका अमै भुलले बलत्कारको प्रयास गरेको परिवार श्रोतले जनाएको छ ।

रातिको समयमा खाना खाएर सुति रहेको बेला छाउगोठको ढोका खोलेर भित्र आएको र युबतीले को हो रु भनि सोध्दा केहि नबोलेको र पछि हल्ला गर्दा सबैले थाहा पाएपछि भुल भागेको पिडित युबतीले बताउनुभयो । घटना भएको राति नै प्रहरीलाई खबर गरेको र आज ३ दिन भई सक्दा पनि आरोपी भुल फेला नपरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

यो मात्र नभई महिनावारीका बेला छाउ गोठमा सुत्नाले यस्ता घटना डोटी लगाएत सुदुरपश्चिमभरिका अन्य जिल्लाहरुमा पनि ब्याप्त रहेको छ । छाउगोठ हटाउनको लागि यस क्षेत्रमा दर्जनौ सरकारी तथा गैर सरकारी संस्थाले करोडौ रकम बगाएका छन् । तर समस्या भने जुहुको तुहु नै रहेको छ । सुदुरपश्चिमका अन्य जिल्ला जस्तै  डोटीमा पनि महिनावारी ह्ुदा  छाउगोठमा सुताउने , दुध दहि खान नदिने , बोटबिरुवा छुन नदिने र मन्दिरमा जान नदिने जस्ता थुर्पै अन्दबिश्वासहरु कायमै रहेको छ ।