बैतडीको डिलाशैनीमा पहिरो : बिहान देखी महाकाली राजमार्ग अवरुद्ध

Posted on: July 22, 2017 | views: 402

बैतडी। गएराती परेको पानीले सडक माथिवाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैनी ६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जादा यातायात अबरुद्ध बनेको स्थानिय बासिन्दा सुरेश श्रेष्ठ जानकारी दिनुभयो ।
बांगाबगरमा माथिवाट आएको पहिरोका कारण सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताउनुभयो । अबरुद्ध सडक खुलाउन जेसिवी लगाईएको र दिउँसोसम्म सडक पुन सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।


यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका बताईएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन ।
वि स २०६० सालमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।
वि स २०६० साल असारमा आएको पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो ।
सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको छ ।