कसरी नागपञ्चमी र रक्षाबन्धन एकै दिन

Posted on: July 22, 2017 | views: 597

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ ।  समितिका अनुसार साउन १३ गते नागपञ्चमी र रक्षाबन्धन परेको छ । समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो वर्ष साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साउन १३ गते शुक्रबारका दिन गर्न सूचित गरेको छ।