काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो । निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ । बितेका ६ दिनमा ६ ठाउँमा पनि खालडा पुरिएको देखिँदैन । खाल्डा पुर्ने जिम्मेवारी आएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न । एक- दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ ।