नेपाल सरकारको कागजात किर्ते गर्ने भारतीयसहित दुई जना पक्राउ

Posted on: July 22, 2017 | views: 113

काठमाडौं ।

सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने एक भारतीयसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई प्रहरीले सार्वजनिक गरेको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।