काठमाडौं ।
मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशामा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो ।