काठमाडौं ।
मुटुको उपचारका लागि अस्पताल भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ ।
पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा. यादवदेव भट्टले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पूर्वराजा शाह आज बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
डा. यादवले उहाँको स्वास्थ्य अहिले सामान्य रहेको र दुई÷तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने जानकारी दिनुभयो ।