यातायात व्यवस्था विभागद्धारा लाइसेन्सको सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू

Posted on: July 16, 2017 | views: 455

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि देशभर सवारी चालक अनुमतिपत्र 'लाइसेन्स'को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ ।

विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा शुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको विभागले जनाएको छ । 

त्यस्तै विभागले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को फर्म भर्ने व्यवस्था समेत गरेका छ ।