माछाले लियो डडेल्धुराका एक युवाको ज्यान

Posted on: July 16, 2017 | views: 3914

डडेल्धुरा । डडेल्धुरामा नदीले बगाउदा एक जना वेपत्ता भएका छन् । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीले बगाउदा जिल्लाको अजयमेरु गाउँपालिका ६ राजुलका अन्दाजी ३३ वर्षीय राज मल्ल वेपत्ता भएका हुन् ।

नदीमा माछा मार्न जादा मल्ललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको खोजी गर्नको लागि प्रहरी टोली घटना स्थल तिर गएको प्रहरीले जनाएको छ ।