कालीखोलामा पहिरो जांँदा मुग्लिङ नारायणगढ सडक अवरुद्ध

Posted on: July 12, 2017 | views: 320

चितवन ।

मुग्लिङ्ग नारायणगढ सडकखण्डको कालीखोलामा  आज दिउँसोे पहिरो जांँदा सो सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यलयका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । 


पहिरो ठुलो गएकोले पहिरो पन्छाउन ७ घण्टा भन्दा बढी समय लाग्ने पन्तले बताउनु भयो ।

अहिले नारायणगढ तर्फबाट पठाइएको डोजरहरुले पहिरो पन्छाउन शुरु गरेको र मुग्लिङ्गबाट कालीखोलातर्फ डोजर पठाई पहिरो पन्छाउन शुरु गरिने उहांँले बताउनु भयो ।


गत साताबाट रातको समयमा मुग्लिङ्ग नारायणगढ सडकमा सवारी बन्द गरिदै आएकोमा पहिरो पन्छाउन साथ जाममा परेका सवारीलाई निर्धारित समय भन्दा चाडै पठाउन प्रयास गरिने उहांँले बताउनुभयो । 


यसअघि पनि सोही स्थानमा पटक पटक गरी पहिरो गएको थियो। सो सडक मुग्लिङ्गबाट झण्डै  साढे ३ किलोमिटर दुरीमा पर्दछ ।सो सडकमा दैनिक १० हजार सवारी आवत जावत गर्दछन् ।