कटुवा पेस्तोलसहित डडेल्धुराका भण्डारी काठमाण्डौमा पक्राउ

Posted on: July 11, 2017 | views: 1141

काठमाडौं । बसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुरा, परशुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।

चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।