कैलालीमा सर्पले डस्दा नौ बर्षिय बालकको निधन

Posted on: July 11, 2017 | views: 196

कैलाली ।

विषालु सर्पले डसेर कैलालीको साबिक गेटा गाविसमा आज नौवर्षीय बालकको मृत्यु भएको छ । 

स्थानीयवासी भोजराज ओझाका छोरा चेतराजको मृत्यु भएको हो ।

राति घरमै सुतेको अवस्थामा गोमन सर्पले उनलाई डसेको बताइएको छ । 

सर्पले डसेपछि सेती अञ्चल अस्पताल पु¥याइएका ओझाको उपचारकै क्रममा सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालका वरिष्ठ अहेव राधाकृष्ण चौधरीले बताउनुभयो ।