नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम बैतडीमा प्रारम्भ

Posted on: July 06, 2017 | views: 188

विनोद सिंह विष्ट, बैतडी । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल(एनसिसि) तालिम प्रारम्भ भएको छ । बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागीता रहेको छ । 

दशरथचन्द नगरपालिका ८ मा रहेको जगदम्बा मावि ,रानिबुङ्गा र दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द मावि, सुन्दरखालीमा उक्त तालिम प्रारम्भ भएको हो । 

प्रारम्भिक चरणमा दुवै विद्यालयका ३६÷३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम र त्यसपश्चात २१ दिनको बार्षिक सामुहिक क्याम्प २१ दिनको तालिम सञ्चालन गरिने उहाँले बताउनु भयो । 

७९ दिनको संस्थागत तालिम बैतडीमै सञ्चालन हुने र २१ दिनको बार्षिक सामुहिक क्याम्प कोहलपुरमा सञ्चालन हुने बताईएको छ । 

सैनिक नागरिक सम्वन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ । तालिमको प्रारम्भ शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी उज्जवल बानियाँले गर्नुभएको थियो । गत बर्ष यो तालिम बैतडीको शाहिलेकमा रहेको विरेन्द्र माविका विद्यार्थीलाई दिईएको थियो ।