चितवनमा बस पल्टदा नावालिका सहित ३ को मत्यु, ५ गम्भिर

Posted on: July 04, 2017 | views: 229

चितवन ।

चितवन ईच्छाकामना गाउंपालिका ३ चुम्लिङटारमा काठमाण्डौबाट धनगढी तर्फ आउदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई सडकको छेउको  नालीमा पल्टिदा नावालिका सहित ३ जनाको मृत्यु भएको छ ।


बिहान २ बजेको समयमा भएको दुर्घटनामा परि ५ जना गम्भिर घाइते भएका छन । बसमा  सवार २७ यात्रु मध्ये ६ जना घाईते हरुलाई उद्दार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज कास्की तर्फ पठाईएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।


६ जना घाईते मध्ये उपचारको क्रममा चालकको गण्डकी मेडिकलमा कलेजमा सवा ७ बजे लगेकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


२ जनाको घटना स्थलमा नै मृत्यु भएको र चालकको उपचारको क्रममा मृत्युभएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया जिल्ला मगराबढी ६ बस्ने बर्ष २६ का राजकुमार थारु र निजकी ३ महिनाकी छोरी र बसचालक कैलााली जिल्लाका बर्ष ३० का दिनेश रानामगरको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 


यस्तै घाइते हुनेहरुमा बर्दिया घर भएकी बर्ष ३० की लीला थारु, कैलाली टिकापुर ७ बस्ने बर्ष ४० की धनकला देवी तमन्ना कैलाली धनगढी नगरपालिका २ बस्ने बर्ष ४७ कि राधी डगौरा , सोही जिल्ला बस्ने बर्ष ६० की डिलादेवी र धिरसला सिंखडा बर्ष १५ का घाइतेहरुको हाल क्षेत्रीय अस्पताल पोखरा र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले शब पोष्टमार्टमको लागि को लागि सरकारी अस्पताल भरतपुरमा पठाईएको प्रहरीले जनाएको छ ।