सुनसरी जिल्लाभरको ताजा मतपरिणाम यस्तो छ

Posted on: June 29, 2017 | views: 445

सुनसरी ।

सुनसरीका १२ वटै स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मतगणा सुरु भएको छ । विहान र मध्यानदेखी सवै स्थानमा मतगणा सुरु भएको हो । यो समाचार तयार पार्दासम्म भोक्राहामा एमाले र बर्जु गाउँपालिकामा नेकपा माओवादी अगाडी रहेको छ भने मत गणना जारी रहेको जनाएको छ ।

सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्वर १ मा मतगणना जारी रहँदा १९६५ मत गनिएको छ । जसअनुसार अध्यक्षमा संघिय समाजवादी फोरम नेपालले ३७३ मतका साथ सुरुवाती अग्रता लिएको छ । त्यसैगरी बर्जु गाउँपालिकाको वडा नम्वर १ मा १९ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सुरेन्द्र मेहताले ५५४ मत पाएका छन् । एमालेका फनीलाल चौधरीले ४२४ मत ल्याएको छ भने नेपाली काँग्रेसका इसराईल अंसारीले ९९ , संघिय समाजवादी फोरम नेपालका महेश रायले ४४ र नेपाल लोकतान्त्रिकका रघुनन्दन चौधरीले २३३ मत पाएको छ ।

त्यसैगरी इनरुवा नगरपालिकामा नेपाली काग्रेंसका प्रमुखका उम्मेदबार राजन मेहताले १६९ मतले लिड गरिरहनुभएको छ । एमालेका पोष्ट नेपालले ११५ मत, नेकपा माओवादी केन्द्रका नरेन्द्र कटुवालले १९ मत र नेपाल लोकतान्त्रिक फोरमका मनोज मेहताले १४ मत पाएका छन् ।

उता रामधुनी नगरपालिकामा नेपाली काग्रेंसका प्रमुखका उम्मेदबार जयप्रकाश चौधरीले १८३ मतले लिड गरिरहनुभएको छ । एमालेका नन्दकुकमार बस्नेतले १३१ मत, नेकपा माओवादी केन्द्रका निदेश चौधरीले १३ मत र नेपाल लोकतान्त्रिक फोरमका रामबहादुर खड्काले १२ मत पाएका छन् ।

हरिनगरा गाउँपालिकामा पनि नेपाली काग्रेंसका अध्यक्षका उम्मेदबार गफार अंसारीले ३६० मतले लिड गरिरहनुभएको छ । एमालेका लस्करी आंसरीले १५६ मत, नेकपा माओवादी केन्द्रका दिलमोहमद मियाँले ८३ मत र संघिय समाजवादी फोरम नेपाल हेमनारायण मेहताले ८९ मत पाएका छन् ।

गढी गाउँपालिकामा पनि नेपाली काग्रेंसले बढी मत पाएको छ । काग्रेंसका अध्यक्ष पदका उम्मेदबार श्रीप्रसार यादवले ११५ मतले लिड गरेको छ । एमालेका भद्रनारयाण चौधरीले १११ मतले दोस्रो स्थानमा  रहेको छ । फोरम लोकतान्त्रिका विरनारायण चौधरीले ९५ मत पाएका छन् ।

उता देवानगंज गाउँपालिकामा अध्यक्षका लागि नेपाल लोकतान्त्रिक फोरमका श्यामलाल मेहताले १०२ मतले लिड गरिरहनुभएको छ । दोस्रोमा  नेपाली काग्रेंसका उम्मेदबार लालिप्रसाद मेहताले ८८ मत, संघिय समाजवादी फोरमका बेचन मेहताले ३२ मत , एमालेका सन्तोश भगतले २४ मत, नेकपा माओवादी केन्द्रका लक्ष्मी मेहताले १ मत पाएका छन् ।

कोशी गाउँपालीका वडा नम्बर १ को २ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार देवकृष्ण यादव १ सय ५ मतसहित अग्रता लिइरहेको छ । यस्तै नेपाली काङ्ग्रेसका अध्यक्षका उम्मेदवार अयुब अन्सारी ३१ मत सहित दोस्रो,एमालेका उम्मेदवार अजय कुसियैतले ८ मत सहित तेस्रो र संघिय समाजवादी फोरमका जितेन्द्र खेरवारले ७ मत पाएको छ । मतगणना जारी रहेको छ । उता बराहा बराह नगरपालिकाका मत परिणाम अनुसार वराह वार्ड न १ बाट गणना सुरु भएको छ । यहाँ पनि काग्रेंसका मेयर उम्मेदबार बाबुराम विष्टले १६५ मतले अग्रता लिनुभएको छ । दोस्रोमा एमालेका निलम खनालले  १२१ र नेकपा माओवादी केन्द्रका कमलवहादुर कटुवालले ५० मतले तेस्रो स्थानमा रहेका छन् ।

दुहवी नगरपालिकामा १६ हजार १२ जना पुरुष र १४ हजार ६ सय ६० जना महिला गरि जम्मा ३० हजार ६ सय ७२ जना रहेकोमा ७१ दशमलव ९ प्रतिशत अर्थात २२ हजार ५४ जनाले मत हालेका छन् ।

इनरुवा नगरपालिकामा १८ हजार ५ सय ५२ पुरुष र १७ हजार ५ सय ९३ महिला गरि जम्मा ३६ हजार १ सय ४५ जना मतदाता रहेकोमा ७० प्रतिशतले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।