अछाम ।
अछामको कमलबजार नगरपालीका मत परिणाम सार्वजनिक भएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेद्धवार ओम प्रकाश बिष्टले ११७ नेकपा एमालेका दिपक अधिकारीले ६० र माओवादी केन्द्रका रण बहादुर विष्टले १४ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका भुमिसरा बजगाई १०६, नेकपा एमालेका मना अधिकारी ६८ तथा माओवादी केन्द्रका रक्षा अयडी १५ मत प्राप्त गर्नुभएको छ ।
वडा नम्बर २ बाट शुरु भएको मतगणनामा वडा अध्यक्षमा कांग्रेसका रण बहादुर खड्का १०५, एमालेका नर बहादुर विष्ट ६८ र माओवादी केन्द्रका प्रेम भण्डारी १४ मत प्राप्त गर्न सफल हुनुभएको छ ।