गृह जिल्लामा प्रधानमन्त्री देउवाको संम्वोधन : बृद्ध भत्ता दोव्वर गर्ने देखी सुन्दर डडेल्धुरा सम्म !

Posted on: June 25, 2017 | views: 211

डडेल्धुरा । नेपाली काग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफु नेतृत्वको सरकारले बजेट ल्याए बृद्ध भत्ता दोब्बर गर्नेे बताउनु भएको छ । नेपाली काग्रेंस अमरगढी नगरपालीको चुनाबी सभालाई सम्बोधन गर्दै देउवाले सो कुरा बनाउनु भएको हो । प्रदेश नम्बर ७ को भ्रमणमा रहेका देउवाले डडेल्धुराका सम्पूर्ण स्थानीय तहमा बिजयी भएमा डडेल्धुराको सम्पूर्ण बिकाश सम्पन्न गर्नेमा जोड दिनु भएको छ । 

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन गाउँ र नगरको विकासका लागि अत्यन्त महत्वपूर्ण चुनाव भएको बताएका छन् ।

काठमाण्डौबाट मात्रै विकास हुदैन् भनेर स्थानीय तहको चुनावमा अहिले अधिकार बडी भएको बताउँदै प्रधानमन्त्री देउवाले स्थनीय तहको, प्रान्तको र केन्द्रिय चुनाव भए पछि मात्रै संविधानको कार्यान्वयन र लोक प्रिय हुने बताएका छन् । 

साथै देउवाले आफ्नो गृह जिल्लाको विकासका लागि सधैव लागि रहने बताएका छन् । 

प्रधानमन्त्री देउवा स्थनीय तहको निर्वाचनमा मतदान गरेर मात्रै राजधानी काठमाण्डौँ जाने भएका छन्् । निर्वाचनमा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राम मावि केन्द्रमा प्रधानमन्त्री देउवाले मतदान गरेर मात्रै काठमाण्डौँ जनने भएका हुन् । 

साविकको असिग्राम गाविस वडा नम्बर ६ रुवाखोलाका स्थायी बासिन्दा देउवा सपरिवार मतदानकै लागि डडेल्धुरा आउनु भएको हो ।


यस्तै स्थानिय तहको दोस्रो चरणको निर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन आज डडेल्धुरा जिल्लामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुुर देउवाले संवोधन गर्नु भएको छ । 

डडेल्धुरा जिल्ला सदरमुकाममा न्यून सहभागितामा देउवाले संवोधन गरेका हुन् । विगतको तुलनामा डडेल्धुरा जिल्लामा देउवाको कार्यक्रममा आजको उपस्थिती सबै भन्दा न्युन रहेको थियो । 

देउवाले संवोधन गरेका आम सभामा अन्य बेलाको भन्दा यस पटकको उपस्थिती न्युन रहेको विश्लेषण राजनितिक दलका नेताहरुको रहेको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देउवाले सदरमुकाममा आयोजना गरिएको सभामा सबैको उपस्थिती  नरहेपछि निराश देखिएका छन् । 

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुखका लागि टिकट वितरणमा असन्तुष्ट नेताहरु भने कार्यक्रम सहभागि रहेका थिएनन् । महाधिवेशन प्रतिनिधी समेत रहेका कांग्रेस युवा नेता तारख बुढाऐरको कार्यक्रममा अनुपस्थिती रहेको थियो भने पूर्व मेयर मोहन पाठक आशन ग्रहण गर्ने क्रममा रोएका प्रत्यक्षदर्शी हरुले बताएका छन् । 

जिल्ला सदरमुकाममा आयोजना गरिएको सभामा उल्लेख्य रुपमा सहभागिताका लागि एक हप्ता पहिले बाट नै प्रचार–प्रसार गरिएको भएपनि उपस्थिती भने न्युन रहेको छ । डडेल्धुरामा आफुले सोचेजस्तै कार्यकर्ता पाउने आस गरेका देउवाले निराश हुनुपर्ने अवस्था सिर्जना भएपछि कांग्रेस कार्यकर्ताहरु नै अन्योलमा परेका छन् । जिल्लामा कांग्रेसको शाख गुमेको अनुभुती उपस्थितीले देखाएको भएपनि कांग्रेस समर्थकहरु भने कामको कारणले जनताको उपस्थिती  हुन नसकेको बताई रहेका छन् ।

आमसभाको समापनमा नगर अध्यक्ष दानसिंह पालले प्रधानमन्त्री लाई पूर्वप्रधानमन्त्री भन्दै संवोधन गर्नुले पनि कांग्रेस भित्रको निराशा सडकमा पोखिएको विश्लेषण गरिएको छ ।