निर्माण व्यवसायीले सडक डिभिजन कार्यालयमा गरे तालाबन्दी

Posted on: June 23, 2017 | views: 239

दोलखा । मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् । 

निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न मजदुरले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरले निर्माण व्यवसायीलाई दबाब दिएपछि निर्माण व्यवसायीले सडक कार्यालयमा तालाबन्दी गरेका हुन् । 

काम सम्पन्न गरेको महिनौँ बितिसक्दासमेत डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरबाट आफूहरु घेराबन्दी परेका निर्माण व्यवसायी सङ्घ दोलखाका सचिव राजेश थापाले बताउनुभयो । उहाँले सडक कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले कुनै वास्ता नगर्दा समस्या उत्पन्न भएको बताउनुभयो । 

डिभिजन सडक कार्यालयका प्रमुख तिवारी विभागबाट रकम नआएका कारण समस्या आएको बताउनुहुन्छ । विभागले अर्थमन्त्रालयले रकम निकासा नगरेकाले रकम पठाउन असमर्थ रहेको जनाउँदै आएको तिवारीको भनाइ छ । जिल्लामा रु ६० करोड बराबरको निर्मण कार्य सम्पन्न भए पनि निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्