असार १४ गते सार्वजनिक बिदा

Posted on: June 23, 2017 | views: 546

काठमाडौं ।  दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं। १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


गृहमन्त्रालयले आज जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।