रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

Posted on: June 22, 2017 | views: 268

रुपन्देही । रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।

रुपन्देही प्रहरीका अनुसार ना ४ ख ६१०४ नम्बरको बसले लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैनामा ठक्कर दिँदा सैनामैना–६ का २३ वर्षका युवराज घिमिरे र गुल्मी अग्लुङ्ग की २९ वर्षकी सीता चन्दको ज्यान गएको हो । घिमिरेको घटनास्थलमै र चन्दको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।