प्रहरीले चलाएको गोली लागि तीन प्रदर्शनकारी घाइते

Posted on: June 18, 2017 | views: 352

नवलपरासी। स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवार मनोयनयनको एक दिन अघि नवलपरासी सदरमुकाम परासीमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागि तीन प्रदर्शनकारी घाइते भएका छन् । नवलपरासीमा प्रहरी र राजपाका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले रबरको गोली चलाएको हो । 

राजपा पार्टी नेपालको विरोध सभालाई राजापको संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र कार्यकर्ताबीच झडप भएपछि प्रहरीको रबर गोलीले ३ जना कार्यकर्ता घाइते भएका हुन् ।

जिल्लाको सदरमुकाम परासीमा सभा चल्दै गर्दा सभा नजिक मध्यनेपाल यातायात व्यवासायी समितिको काउण्टरमा राखिएको एमाले पार्टीको टिसर्ट राजपाका कार्यकर्ताहरुले जलाउने क्रममा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको हो । प्रहरी र कार्यकर्ताबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिनका लागि अनुमानित ३ राउड रबर गोली फायर गरेको छ भने आधा दर्जनभन्दा बढि आश्रुग्यास प्रहार गरेको छ । 

त्यस्तै प्रहरीले छोडेको अश्रु ग्यासका कारण भागदौडभा एक दर्जन कार्यकर्ताहरु घाइते भएका राजपा नवलपरासीले जनाएको छ । प्रहरीले झडपलाइ नियन्त्रणमा लिन अश्रु ग्यास फायर गरेपछि राजपाको सयांै कार्यकर्ता, पत्रकार र माधवअधिकार कर्मीहरु  नजिकको ३ वटा व्यवासयी सटरमा थुनिएका थिए ।  

अश्रु ग्यासको धुँवा सहन नसकेपछि कार्यकर्ताहरु बाहिर निस्किने क्रममा प्रहरीले राजपा नवलपरासीका बरिष्ठ नेता हैदयर अलि सहित ३ जनालाई पक्राउ पनि गरेको छ । अहिले परासीको अवस्था तनावग्रस्त छ । प्रहरीमाथि कार्यकर्ताहरु अझैपनि ढुंगामुढा गर्ने क्रम जारी छ ।