बकैयामा सामाजिक स्वास्थ्य सुरक्षा विमा सम्वन्धी अभिमुखिकरण

Posted on: June 17, 2017 | views: 179

बकैया ।

प्राथमिक स्वास्थ्य केन्द्र छतिवनको आयोजनामा स्वास्थ्य विमा सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

स्वास्थ्य विमा सम्वन्धमा जानकारी दिन,स्वास्थ्य सेवा उपयोगका लागी भइरहेको फजुल खर्च घटाउने उदेश्यले नेपाल सरकार स्वास्थ्य सुरक्षा विकास समितीले यो अभियान सुरु गरेको हो । सोही अभियानको कार्यन्वयनको लागी प्राथमिक स्वास्थ्य केन्द्र छतिवनले अभिमुखिकरण कार्यक्रम गरेको हो । 

असार १गते शुक्रबार देखी भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्वास्थ्य केन्द्र छतिवनका मेडिकल अधिकृत त्रय प्रमार्थ बस्नेत,अनु श्रेष्ठ, प्रविण पाठक, तथा स्वास्थ्य विमा समितीका .सुस्मा आचार्यले सहजिकरण गर्नुभएको थियो ।

श्रव्य दृष्य विधीबाट गराइएको अभिमुखिरण कार्यक्रममा बकैया गाँउपालीकाका निर्वाचित जनप्रतिनिधी,स्थानिय सरकारी तथा गैरसरकारी सस्थाँका प्रतिनिधी, स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुको सहभागीता रहेको छ । बकैया गाँउपालिका स्तरिय स्वास्थ्य विमा सुरक्षाको लागी दर्ता सहयोगी छनौट गरिसकिएको छ भने अभिमुखिकरण पछि सहयोगीहरु वडा मार्फत कार्यक्षेत्र प्रवेश गर्ने प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका प्रमुख अनु श्रेष्ठले जानकारी दिनुभयो ।

विमाले बकैयाका ४० हजार जनसङ्ख्या लाभान्वित हुनेछन । भने विमा गरेवापत प्रति परिवार २५ सय लाग्ने बताइएको छ भने ५ जना वढी सदस्य भएमा थप प्रति सदस्य रु ४५० को दरले तिर्नुपर्ने प्रावधान रहेको छ, भने विमा गरेवापत प्रति परीवार ५०हजार सम्मको सेवा प्राप्त गर्नेछन ।

विमा सदस्य बनेका स्वास्थ्य सस्थाँबाट स्वास्थ्य सेवा लिएमा मात्रै यो सुविधा प्राप्त गर्ने छन भने प्रथम स्वास्थ्य स्थानिय स्तरमा रहेको स्वास्थ्य सस्थाँले अतिरीक्त स्वास्थ सुविधा प्राप्त गर्नेछन । दर्ता सहयोगी ५ जना नियुक्त गरिएको छ । तालिम पश्चात उहाँहरु गाँउमा खटीने छन ।