काठमाडौं ।
विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनको १०६ आँैं सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक स्तरलाई माथि उठाउन राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो ।
सूचना प्रविधिको क्रान्तिसँगै विश्व श्रम बजारमा ठूलो सङ्ख्यामा महिलाको पहुँच बढेको छ भन्दै उहाँले दूरसञ्चारलाई सशक्तीकरणको माध्यम बनाई ब्रह्माण्डलाई प्रविधिसँग जोडेर पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो ।