एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

Posted on: June 16, 2017 | views: 382

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।


परीक्षा वोर्डका अनुसार,  जीपिए ३.६५ देखि ४ सम्म १२ हजार २८४, जीपिए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४२७ जना,  जीपिए २.८५ देखि ३.२० सम्म ५० हजार ५४६ जना तथा जीपिए २.४५ देखि २.८० सम्म ६१ ह्जार ९५५ जना विद्यार्थी सफल भएका छन ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नजिजामा चित्त नबुझेका विद्यार्थी वा विद्यालयले १५ दिन भित्रमा पुनर्योयगका लागि निवेदन दिन सक्ने परिक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनु भयो ।


परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मलेनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।