बीरगञ्ज ।
निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न पर्सामा स्थानिय बासिन्दाहरुसंग रहेका २ सय १४ थान लाईसेन्स प्राप्त हतियार निर्वाचन अबधिभरकालागी प्रशासनलाई बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन निर्देशन दिएपछि पर्सामा लाइसेन्स प्राप्त हतियार मध्ये २ सय ७२ थानको लाईसेन्स नविकरण भएको र ति मध्ये २ सय १४ थान हतियार स्थानिय बासिन्दाले प्रसाशनलाई बुझाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताउनुभयो ।
सिमावर्ति क्षेत्रमा सुरक्षाको लागी भन्दै लाइसेन्स प्राप्त हतियार राख्न अनुमति स्थानिय प्रशासनले दिने गरेको छ ।