राजधानीमै भयो प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास

Posted on: June 12, 2017 | views: 145

काठमाडौं। राजधानीको नागढुंगास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । चोभार स्थायी घर भएका कुमार कार्र्कीले आत्महत्या प्रयास गरेका हुन् ।

२९ बर्षीइ कार्कीले शनिवार दिउँसो शौचालय भित्र चुकुल लगाएर ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्कीले रातोपाटीलाई जानकारी दिए ।

शनिवार मध्यान्ह पुर्वतिर यात्रा गरेर आएका कार्किले प्रहरी प्रभाग अघिल्तिर बसेर केहीबेर धुम्रपान गरेको र त्यसपछी शौचालय छिरेको बताईएको छ ।

लामो समय शौचालयबाट ननिस्केपपछि प्रहरीले चुकुल फोडेर हेर्दा कार्की लडिरहेको र घाँटीबाट रगत बगेको देखेपछि प्रहरीले नै उनलाई अस्पताल लगेका थिए ।

हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहेको एसपी ककार्कीले रातोपाटीलाई बताए । प्रहरी स्रोतका अनुसार कार्कि मानसिक रुपमा अस्वस्थ छन् ।

प्रेम–वियोगका कारण उनले आत्महत्या प्रयास गरेको हुनसक्ने बताईएको छ ।