बारामा ट्रकको ठक्करवाट ट्याक्टर चालकको मृत्यु

Posted on: June 11, 2017 | views: 106

बारा ।

ट्रकले टेक्टरलाई ठक्कर दिदा टेक्टर चालकको घटना स्थलमा मृत्यु भएको छ ।

पुर्व पछिच्म महेन्द्र राजमार्गको निजगढ नगरपािलका वार्ड न १२ स्थित रहेको १२ किलो भने ठाँउमा आइतवार साढे ११ बजेको समयमा पुर्व वाट पछिचम तर्फ जादै गरेको ना ५ ख ५८८२ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको ज १ त ५२३९ नमबरको टेक्टरलाई ठक्कर दिदा चालक सर्लाही जिल्ला कठवा ६ निवासी ३५ बर्षिय भोजेन्द्र साहको घटना स्थलमा मृत्यु भउको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवतmा प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनु भयो ।

टेक्टरमा रहेका सहचालक सर्लाही कठवा ६ कै ३४ बर्षिय राजकिशोर दास गम्भिर घाइते भएको र उनको गण्डक हेल्थ केयरमा अचेत अवस्थामा उपचार भईरहेको नायव उपरिक्षक रेग्मीले भन्नु भयो ।

ठक्कर दिने ट्रक र चालकलाई निजगढ इलका प्रहरी कार्यालयमा राखी थप अनुसंन्धान भई रहेको प्रहरी निरिक्षक दिपक कुमार रायले बताउनु भयो ।