बागलुङ्ग ।
जङ्गलबाट टिपेर ल्याएको साग खादा बागलुङ गल्कोट नगरपालिका-१० पाडबखानी निवासी दुर्गा बहादुर काउचा मगरको गए राती मृत्यु भएको छ।
जङ्गलबाट ल्याएको साग खादा काउचा एक्कासी बिरामी परेका थिए ।
गाउका अरुले पनि साग खाएका र सामान्य बिरामी भएकाले स्थानिय स्वास्थ्य संस्थामा उपचार गराईरहेको बताईएको छ ।
मृतक काउचाको परिवारमा श्रीमती र २ छोरापनि बिरामी परेको छिमेकी खड्ग बहादुर थापाले जानकारी जानकारी दिए ।