तुलसीपुर ।
तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ बेपत्ता भएका छन् ।
हिजो बेलुका हराएका श्रेष्ठ अहिलेसम्म पनि सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभएको छ ।
हिजो रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका श्रेष्ठ घर नफर्केर बेपत्ता भएको भएको प्रहरीले जनाएको छ ।
यसअघि त्यसरी नै बेपत्ता भएका तुलसीपुरकै जग्गा व्यापारी रत्न वली मृत अवस्थामा भेटिएपछि घटनालाई गम्भीरताका साथ लिइएको प्रहरीले जनाएको छ ।