काठमाडौं ।
भ्रष्टाचारको आरोपमा पक्राउ परेका अन्तरिक राजश्व विभागका निलम्बित महानिर्देश चुडामणी शर्मालाई ६ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतसमक्ष थप समय चाहिने भन्दै म्याद थपका लागि निवेदन दिएको थियो ।
अदालतले गएको आइतबार शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
कर फस्र्यौट गर्दा भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गएको जेठ १९ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।