काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी

Posted on: June 05, 2017 | views: 194

काठमाडौं । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा ) ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।