'स्थानिय निर्वाचन पार्टी र नेताको लागि नभई नागरिकको लागि आवश्यक'

Posted on: June 01, 2017 | views: 133

गुलरिया ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ १७ गते सदरमुकाम गुलरियामा भएको अन्तरक्रियामा सहभागि तथा सरोकारवालाहरुले २० वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचन पार्टी र नेताको लागि नभई नागरिकको लागि आवश्यक रहेकोले यसलाई निष्पक्ष रुपमा भयरहित वातावरणमा सम्पन्न गराउन सबै लाग्नु पर्नेमा जोड दिए ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सो अवसरमा बोल्दै प्राप्त परिर्वतनलाई स्थायी रुपमा स्थापना गर्न,समानतामा अवसर भन्ने सिद्धान्तलाई ब्यवहारीक रुपमा कार्यान्वयन गर्ने वातावरण तयार गर्न निर्वाचनले महत्वपुर्ण भुमिका खेल्ने बताए । स्थानीय तहको निर्वाचनले समानताको बिकास र अभ्यास, स्थानीय तहको जस्तै कृषि, शिक्षा, स्वास्थ्यको बिकासको लागि स्थानिय तहमा नै जनप्रतिनिधी मार्फत लाग्नु गर्ने पनि बताए ।


प्याकुरेलले भने– ‘राजनितिक दलहरु जहिले पनि जनताको नजिक रहेर उनीहरुबाट सिक्नु पर्छ । जनताको मर्म र चाहना बुझ्न चुनाव आवश्यक रहेको हो । नागरीकलाई सम्मान गर्ने राजनितिक पार्टीका उमेद्वारलाई रोज्नु पर्छ ।’ – ‘हरेक राजनितिक पार्टी र जनप्रतिनिधी मानवअधिकारकर्मी हुन् । उनीहरुबाट बनाइएको कानुनबाट जनता शासित हुन्छौं । सोही कारण पनि जनताको पक्षमा कानुन बनाउने उमेद्वारलाई जिताउन स्वच्छ निर्वाचन गराउन लाग्नु पर्ने वहाको भनाई थियो । 

मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल स्थानिय निर्वाचनलाई स्वच्छ र निपक्ष गराउने जिम्मेवारी रहेकोले सबैले आ आफ्नो अभिभारा र भुमिका निभाउन पर्नेमा जोड दिए ।

सोही क्रममा सहभागिहरुले नागरिक तहबाट सचेत भएर सफल पार्न लाग्नु पर्ने, संविधान कार्यान्वयन गर्न पनि स्थानिय निकायको निर्वाचन गर्न आवश्यक रहेको । महिलाहरुको अर्थपूर्ण सहभागिताको लागि वकालत गर्नु पर्ने, तेस्रो लिङ्गिहरुको प्रतिनित्व हुने सुनिश्चितता संवैधानिक रुपमा हुन पर्ने । निर्वाचन पर्यबेक्षण राजनितिक आस्था भन्दा माथि उठेर गन सक्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम बर्दिया नागरिक समाज सञ्जालको समन्वय र इन्सेक, मानवअधिकार संगठन, सामुदायीक प्रसारक रेडियो संघ, निर्वाचनका लागि युवा साझा अभियान, निर्वाचन पर्यवेक्षण समिति नेपाल, बहिर्गमन पूर्व लडाकु नेपाल, राष्ट्रिय युवा महासङ्घ नेपालको संयक्त आयोजनामा भएको थियो ।