ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा रोकेर राखिएको स्काभेटरमा आगलागि भएको छ ।
नगरपालिका वाड नं ८ को बाहन्दे—ल्याङवा सडक खण्डको ल्याङबमा सडक छेउमा रोकि राखिएको २२० सिÞसिको स्काभेटरमा आज विहान आगलागि भएको हो ।
साँझ काम सकेर रोकि राखिएको स्काभेटर विहान अचानक आगोलागि रहेको देखि पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
आगलागि कस्ले गरेको भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले बताउनुभयो । आगलागिले स्काभेटर पूर्णरुपमा क्षति भएको छ ।