३२ ग्राम खैरो हेरोइन सहित सेना जवान पक्राउ

Posted on: May 27, 2017 | views: 269

काठमाडौं  । ३२ ग्राम खैरो हेरोईन सहित नेपाली सेनाका जवान र अर्का एकजना  काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका छन् ।

गोरखा पालुङटार स्थायी घर भई नेपाली सेनाको ब्यवसायिक तालिम केन्द्र छाउनीमा कार्यरत सैन्य जवान प्रविण भण्डारी सहित अर्का एकजनालाई खैरो हेरोईन सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

भण्डारी सँगै पक्राउ पर्नेमा धादिङ्ग स्थायि घर भई राजधानीको सितापाईला बस्दै आएका २२ बर्षिय हेमन्तराज ढुंगाना रहेका छन् ।

भण्डारी र ढुंगानालाई गत जेठ ८ गते नियन्त्रणमा लिएर लागु औषध मुद्धा दर्ता गरिएको ब्युरोले जनाएको छ ।
यसैबिच रामेछापको मन्थली स्थायी घर भएर हाल बल्खु बस्दै आएका मनोज कुमार बस्नेतलाई ४४० ग्राम अवैध चरेस सहित प्रहरीले पक्राउ गरेको छ ।