काँग्रेसले प्रदेश एक र सात नं. का उम्मेदवार शुक्रबार टुङ्याउने

Posted on: May 25, 2017 | views: 113

काठमाडौं ।

नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि एक र सात नम्बर प्रदेशका  उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ ।

 

केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

प्रदेश नं दुई र पाँचका विषयमा छलफल गर्न शुक्रबार फेरि पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको बैठक बस्ने उहाँले बताउनुभयो । काँग्रेसले निर्वाचन क्षेत्रीय कार्य समितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्य समितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्य समितिमा पठाउने व्यवस्था गरेको छ ।