बेलकोटगढी नगर विकासको अध्यक्षमा लामा चयन

Posted on: May 24, 2017 | views: 427


१० जेठ, नुवाकोट ।  बेलकोटगढी नगरपालिकाको नगर विकास समितिको अध्यक्षमा इन्द्रबहादुर लामा चयन हुनुभएको छ ।
सहरी विकास मन्त्रालयको “नगर विकास समिति तथा साना सहर शाखा”ले राज्य पुर्नसंरचनाको क्रममा निर्माण गरेको बेलकोटगढी नगरपालिकाको नगर विकास समितिको अध्यक्षमा  बेलकोटगढी नगरपालिका वडा नम्बर ६ दुईपिपलका लामालाई चयन गरेको जनाएको छ ।
उहाँलाई हिजो बसेको मन्त्रीस्तरीय बैठकले दुई वर्षको लागी बेलकोटगढी नगरपालिकालाई आर्थिक रुपमा समृद्धि, सफा र स्वस्च्छ सहर निर्माण, व्यवस्थित बजार क्षेत्र कार्यान्वयन, सडक तथा ढल नालीको व्यवस्थापन लगाएको जिम्मेवारी दिएको जनाएको छ ।
बेलकोटगढी नगरपालिकाको नगर विकास समितिको अध्यक्षको जिम्मेवारी पाउनु भएका २०५४ सालमा साविकको दुईपिपल गाविसमा नेकपा एमालेको उम्मेदवारको रुपमा गाँउ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेपाली काँग्रेसबाट राजनीतिमा क्रियाशिल रहनुभएको छ ।
उहाँकै पहलमा २०५५ सालमा दुईपिपलको कोल्पटारदेखि लामाचउर हुदै डबली, घ्याम्पे, देउरालीडाँडाहुदै दियालेबाट पञ्चासेसम्म सडक विस्तार भएको थियो । त्यही सडकको कारण अहिले दुईपिपलका बासिन्दाहरुको दैनिकीमा ठूलो परिवर्तन आएको छ ।