झापामा लिचीको दाना अड्कीएर बालकको मृत्यु

Posted on: May 24, 2017 | views: 200

विर्तामोड ।

लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो ।

उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।