निकुञ्ज भित्रको सडकमा स्काई ओभरब्रिज

Posted on: May 21, 2017 | views: 214

बर्दिया ।

बर्दिया राष्टिय निकुञ्जमा सनिवार आयोजित निकुञ्ज मध्यवर्ति क्षेत्र र जैविक मार्गमा निमार्ण गरीने ठुला भौतिक संरचनाहरु वन्यजन्तु र वातावरण मैत्री 'स्मार्ट ग्रिन इन्फा स्टक्चर' बनाउन विषयक अन्र्तकृयामा सहभागिहरुले यस्तो बताएका हुन ।

यातायातका साधन संगै मानव र वन्यजन्तुको दुर्घटना न्युनिकरणका लागि पहिलो चरणमा बर्दिया निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग तथा वन्यजन्तु ओहोर दोहोर गर्ने हुलाकी सडकमा यातायातका साधनका लागि स्पिड ब्रेकर बनाउनु र सिँचाई नहरमा वन्यजन्तुलाई ओहोरदोहोर गर्न साथै पानी पिउन मिल्ने खालको संरचना बनाउनु पर्ने बताएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगा बर्दिया राष्टिय निकुञ्जको रम्मापुर चेक पोष्ट देखि बबई सम्मको बिचमा, बबई देखि सैनवार सम्मको बिचमा र आम्बासा देखि कर्णाली चिसापानी सम्मको बिचमा रढोढरीबेलवा देखि राजापुर हुलाकी सडक खण्ड अन्र्तगत भारत र नेपालका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्गमा वन्यजन्तुलाई ओहोरदोहोर गर्नका लागि सहज बनाउन र दुर्घटना न्युनिकरण गर्न वन्यजन्तुका लागि स्काई ओभर ब्रिज बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

निकुञ्ज क्षेत्रमा पर्ने मुख्य राजमार्ग तथा हुलाकी राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछी, नदीनालाबाट सिँचाई सुबिधाका लागि निर्माण भईरहेका संरचनामा वन्यजन्तु ओहोरदोहोर गर्दा र सिँचाईको नहरमा वन्यजन्तु पानी खान गएका बेला उम्कन नसकी मृत्यु हुने घटना बढीरहेकाले निकुञ्जले सरकारवालाहरु संगको अन्र्तकृया कार्यक्रमको आयोजना गरीएको बर्दिया राष्टिय निकुञ्जका निमीत्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।